मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली नै तस्करी गरेकोमा फिनल्याण्डमा नेपाली दम्पत्तिलाई सजाय, व्यापारमा प्रतिबन्धको आदेश

dcnepal.com · Sat Nov 12 21:34:48 GMT 2022

युरोप । मानव तस्करी गरेको अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एउटा जिल्ला अदालतले जेल सजाय सुनाएको छ । फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याई मानवतस्करीका संलग्न भएकोमा दोषी करार गरिएको हो । उनीहरु दुबैलाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको छ ।

सापकोटा दम्पत्तिलाई पिर्कान्मा जिल्ला अदालतले जेल सजायका अलावा भारीमात्रामा क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ । समाचारअनुसार, डिलारामले ३ बर्ष ८ महिना जेल सजाय पाएका छने भने उनकी पत्नी रिमाले २ बर्ष १० महिना जेल बस्नुपर्ने छ । त्यसैगरी डिलारामलाई ६ बर्ष कुनै व्यापार गर्न पाउने छैनन् भने उनकी पत्नी रिमालाई ५ बर्ष व्यापारमा प्रतिबन्ध लगाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)