नेपाल लगानी योग्य छ : प्रधानमन्त्री प्रचण्ड
annapurnapost.com · Mon Sep 25 00:47:47 GMT 2023
हाङ्चाओ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङसँग दुई देशबीचको सम्बन्ध र सहकार्यबारे खुलेर छलफल गरेको बताएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा आइतबार आयोजित कार्यक्रममा उनले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको बताए।
‘चीनका महामहिम राष्ट्रपतिसँगको भेटबाट म निकै उत्साहित छु,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपाल–चीन सम्बन्ध र सहकार्यका विषयमा खुलेर कुराकानी भएको छ।’ प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच शुक्रबार हाङ्चाओमा दुई पक्षीय र एक्लाएक्लै भेटवार्ता भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)