माडीमा जडीबुटी उद्यान बनाइँदै
nagariknews.nagariknetwork.com · Thu Jun 11 04:19:07 GMT 2026

यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) बनाउन थालिएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी–७ मा पार्क निर्माण गर्न लागिएको हो।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पार्कमा ३०० जडीबुटीका बिरुवा रोपिने छ। पार्कमा मौवा, तेजपत्ता, अमला, बेलजस्ता जडीबुटी प्रकृतिका बिरुवा रोपिने छ। तीनदेखि पाँच मिटरको फरकमा बिरुवा रोप्ने गरी सम्झौता भई काम सुरु गरिएको उनले जानकारी दिए। उनले भने, 'जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्ने छ।' यसका लागि कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए।
उनका अनुसार माडी नगरपालिका–७ मा रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माण गर्ने छ। बाँसबाट बनेको बारले बिरुवाको संरक्षण गरी पार्क निर्माण गर्न लागिएको हो।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)