मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोट दिन जाँदा यी कुरामा ध्यान दिनुपर्छ

Ujyaaloonline.com · Thu May 12 23:44:13 GMT 2022

काठमाण्डाै - भोट दिन जाँदा आफ्नो परिचय खुल्ने कागजात लिएर जान निर्वाचन आयोगले अनुरोध गरेको छ । मतदाता नामावलीमा नाम भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहादानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये कुनै एक लिएर जान आयोगको अनुरोध छ ।

मतदान केन्द्रमा होहल्ला गर्न पनि पाइँदैन । यस्तै मतदान केन्द्रमा मतदानको लागि आउने अशक्त, वृद्ध, सुत्केरीलाई आवश्यक सहयोग गर्नुपर्छ । मतदान गर्न जाँदा मोबाइल, क्यामेरा तथा फोटो खिच्ने कुनै उपकरण वा सामग्री साथमा लिएर जान हुँदैन । जाँडरक्सी खाएर गएकाले पनि भोट दिन पाउँदैनन् । सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु पनि नलैजान आयोगले भनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)