मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डको प्रस्ताव : चुनावसम्म  वाम–लोकतान्त्रिक गठबन्धन 

nayapatrikadaily.com · Sun Aug 15 00:42:00 GMT 2021

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको सत्तागठबन्धनलाई आगामी चुनावसम्म लैजाने प्रस्ताव गरेका छन् । तर, अहिले नै यसलाई नरुचाउनेहरू गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेको उनको दाबी छ ।

पार्टी केन्द्रीय समिति बैठकमा शुक्रबार पेस गरेको राजनीतिक एवं सांगठनिक प्रस्तावमा प्रचण्डले कोभिड नियन्त्रण, अर्थतन्त्रको पुनरुद्धार, जनताको जीवनस्तरमा सुधार गरी मुलुकमा सुशासन स्थापना गर्नु गठबन्धन र सरकारको प्राथमिकता रहेको उल्लेख गरेका छन् । प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र संघीय एवं प्रादेशिक निर्वाचनमार्फत देशको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने गरी संगठनात्मक कार्य अगाडि बढाउन पनि प्रस्ताव गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)