हवाई भाडा नौ सयसम्म घट्यो
nayapatrikadaily.com · Tue Jan 10 00:40:00 GMT 2023
हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानतर्फ हवाई भाडादर नौ सय रुपैयाँसम्म घटेको छ । नेपाल आयल निगम (एनओसी)ले आइतबार रातिदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ३० रुपैयाँ घटाएको हो । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ कायम भएको छ ।
हवाई इन्धनको मूल्य घटेपछि हवाई भाडादर पनि गन्तव्यअनुसार सय रुपैयाँदेखि नौ सय रुपैयाँसम्म घटेको वायुसेवा सञ्चालक संघले जनाएको छ । घटेको हवाई भाडा २७ गतेदेखि लागू हुने संघको भनाइ छ । संघले हवाई इन्धनको मूल्य घटाएर कोभिड महामारीले थलिएको उड्डयन व्यवसायलाई बचाउन माग गर्दै आइरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)