सर्लाहीमा सल्बलाउन थाले सर्प
ratopati.com · Fri Mar 03 22:45:00 GMT 2023
सर्लाही । मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पहरू सल्बलाउन थालेका छन् । गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको छ । बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आउनुभएका ईश्वरपुर नगरपालिका–९ का सजन शर्मालाई आज उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ । फागुन–१५ गते हरिवन नगरपालिका–१ का बसु गतौलालाई सर्पदंशको सफल उपचारपछि घर फर्काइएको थियो ।
“मौसममा विस्तारै आएको परिवर्तनसँगै सर्पको डसाइबाट घाइते भएका बिरामी बढ्न थालेका छन्”, स्वास्थ्य सहायक अनिल कुशवाहले थपे, “सर्पको डसाइबाट घाइते भएका बिरामी समयमै उपचारका लागि केन्द्रसम्म आए शतप्रतिशत सकुशल घर फर्किने गरेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)