चलचित्र ऐनमा सरकार प्रतिबद्ध : मन्त्री तिमिल्सिना
gorkhapatraonline.com · Thu Jun 11 04:31:33 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले चलचित्र क्षेत्रको विकास र विस्तारका लागि ‘चलचित्र विधेयक २०८२’ दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको जानकारी दिनुभयो।
प्रतिनिधिसभाबाट विधेयक समितिमा पठाइएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले ‘देशको आवाज’ बोल्ने स्तरीय चलचित्र निर्माणमा सहयोग पुर्याउन सरकारले आगामी आर्थिक वर्षका लागि साढे तीन करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)