कोरोनाले लियो नेकपा एमालेका नेता पशुपति चौलागाईं ज्यान
nepalbahas.com · Tue May 11 17:35:32 GMT 2021
२८ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।दोलखाका चौलागाई कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाई दोलखा ९ख० बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।
एमालेका प्रभावशाली नेता मानिने चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)