बस र ट्रक ठोकिँदा आगलागी, तीन जनाको मृत्यु
nepallive.com · Sat Feb 05 01:02:00 GMT 2022
सुनसरी - सुनसरीको कोशी गाउँपालिकाको लौकही सडक खण्डमा बस र ट्रक आपसमा ठोकिँदा आगलागी भएको छ। विपरित दिशाबाट आइरहेका बस र ट्रक एक आपसमा ठोकिँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
ना ८ ख ८४९३ नम्बरको यात्रु बस र सिमेन्टी बोकेको ना६ख २९९६ नम्बरको ट्रक आपसमा ठोकिँदा आगलागी भएको हो। आगलागीका कारण बस पूर्ण रुपमा जलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)