सर्वोच्च अदालतको यो फैसलाले व्यवस्था र संविधानलाई सदाको लागि अन्त्य गर्ने दिनतर्फउन्मुख : डा. आचार्य (भिडिओसहित)
reportersnepal.com · Sun Mar 07 18:01:09 UTC 2021
काठमाडौं, २३ फागुन । संविधानविद् डा. भीमार्जुन आचार्यले सर्वोच्च अदालतको आजको फैसलाले नेपालको अहिलेको व्यवस्था र संविधानलाई सदाको लागि अन्त्य गर्ने दिनतर्फ उन्मुख गराएको टिप्पणी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
तर, गणतन्त्र र संघीयतालाई नफाल्ने भन्दै उनले यसलाई अझै विकृत रुपमा लैजाने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लैले संसद् विघटन नगरेको भन्ने आफ्नो यसअघिको दाबी आजको फैसलाले पुष्टि भएको उनको भनाई छ । यो फैसलाको अराजकता भोलिको दिनदेखि देखिने पनि आचार्यले जिकिर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)