नेपाली कांग्रेस कास्की २ (क) को सभापतिमा दिनेश आचार्य विजयी
hamrakura.com · Fri Nov 19 00:00:00 GMT 2021
पोखरा । नेपाली कांग्रेस कास्की २ को (क) प्रदेशसभा निर्वाचन क्षेत्र समितिको सभापतिमा दिनेश आचार्य विजयी भएका छन्। पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमा वर्षाकेशव पराजुलीलाई पराजित गर्दै आचार्य सभापति विजयी भएका हुन्।
आचार्यले १२१ मत प्राप्त गर्दा अर्का पराजुलीले ९१ मत ल्याएका हुन् । यसैगरी दुई उपसभापतिमा माधव प्रसाद बराल र चेतबहादुर महत विजयी भएका छन् । बरालले १४९, महतले ११८ र प्रतिस्पर्धी षडानन्द लामिछानेले १०४ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)