अध्यक्ष प्रचण्ड शौचालयमा लडेपछि…
kendrabindu.com · Wed May 07 01:40:04 GMT 2025
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै निवासमा घाइते भएका छन् ।
स्रोतका अनुसार खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्। घटनापछि तत्काल मेडिसिटी अस्पतालमा लगिएको उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको र हाल स्वास्थ्यवस्था सामान्य रहेको बताइएको छ ।
हाल उनी डिस्चार्ज भएर निवासमै आराम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)