युट्युबको नयाँ टुल : एआई-डीपफेक र पहिचान चोरीबाट अब सबै प्रयोगकर्ता सुरक्षित हुने
ictsamachar.com

काठमाडौं । इन्टरनेटमा फैलिँदै गएको फेक भिडियो र डीपफेकको जाल तोड्न युट्युबले आफ्नो लाइकनेस डिटेक्शन प्रोग्राम (Likeness Detection Program) ल्याएको छ । कम्पनीले जनाएको छ कि अब १८ वर्षभन्दा माथिका कुनै पनि प्रयोगकर्ताले यो लाइकनेस डिटेक्शन टुल प्रयोग गर्न सक्नेछन् । यसले प्लेटफर्ममा तपाईंको अनुमति बिना कसैले तपाईंको एआई–जेनेरेटेड फेस वा डीपफेक अनुहार प्रयोग गरेमा त्यसविरुद्ध तुरुन्तै कडा कारबाही गराउने शक्ति दिन सक्छ ।
युट्युबको यो नयाँ फिचरले एआईको मद्दतले प्लेटफर्ममा यस्ता भिडियोहरू खोज्छ, जसमा कुनै व्यक्तिको अनुहार वा लाइकनेस प्रयोग गरिएको हुन्छ । यो प्रणाली धेरै हदसम्म युट्युबको कन्टेन्ट आइडी टुलजस्तै काम गर्छ, तर फरक यति हो कि यहाँ कपिराइट कन्टेन्टको सट्टा व्यक्तिको अनुहारको पहिचान गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)