भारतले लगातार दोस्रोपटक जित्यो विश्वकपको उपाधि
annapurnapost.com · Sun Mar 08 17:44:40 GMT 2026
काठमाडौं : आइसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। गुजरातको अहमदावादमा भएको फाइनलमा न्युजील्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो। भारतले लगातार दुईपटक आइसीसी टी-२० उपाधि जितेको हो।
२५६ रनको विजयी लक्ष्य पाएको न्युजील्यान्ड १९ ओभरमा १५९ रन बनाएर अलआउट भए। न्युजील्यान्डका लागि टिम सेइफर्टले सर्वाधिक ५२ रन बनाए। त्यस्तै कप्तान मिचेल स्यान्टनरले ४३ र डेरिल मिचेलले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)