भारत टी–२० विश्वकप च्याम्पियन
nepallive.com · Sun Mar 08 17:52:07 GMT 2026
काठमाडौं– भारतले आइतबार न्युजिल्यान्डलाई ९८ रनले पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको छ । पहिले ब्याटिङ गर्दै भारतले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमा अलआउट भयो ।
एक लाख दर्शकको उपस्थिति रहेको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा भारतको यो जितले उत्साह थपेको थियो । भारत यही मैदानमा २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । न्युजिल्यान्ड यस पटक पनि फाइनलमा चुक्न पुग्यो । न्युजिल्यान्डले अझै सेता बलमा विश्वकप जित्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)