रास्वपाले टुंग्यायो दबाब यात्रा गर्ने अलपत्र २७ आयोजना
nayapatrikadaily.com · Thu Jan 18 00:17:00 GMT 2024
रास्वपाले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी दिने अभियानलाई रास्वपाले मिसन ८० को अभियानअन्तर्गत राख्ने निर्णय गरेको हो ।
नारायणगढ–बुटवल सडकखण्डमा सभापति रवि लामिछानेसहितका सांसद तीन दिन हिँडेर दबाब यात्रा गरेको रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले यसलाई निरन्तरता दिने निर्णय गरेको हो । दबाब यात्राका लागि ५० अलपत्र र ढिलासुस्तीका विकास आयोजना प्रस्तावित गरिएका थिए । जसमध्ये २७ विकास आयोजना छनोट गरिएको रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)