नेपालको आवश्यकतालाई ध्यानमा राख्दै चीनले एकतर्फी नाका खोल्यो
ratopati.com
काठमाडौं । चीनले केरुङ लगायत नेपालसँग जोडिएका सिमाना खुल्ला गरिदिएको छ । नेपालस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालका लागि पठाईने अत्यावश्यक सामान ढुवानीका लागि सीमा नाका खोलिदिएको जनाएको छ । दूतावासका अनुसार सीमा नाका पूर्णरुपमा खोल्नका लागि अन्य काम भैरहेको समेत जनाएको छ ।
विज्ञप्तिमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सीमा बन्दगाह सञ्चालनमा प्रतिबन्ध गरिएको जनाएको छ । तर मेडिकल सामाग्री र नेपालको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै एकतर्फी रुपमा नाका खोल्ने निर्णय भएको जनाएको छ । विज्ञप्तिमा तिब्बतका झान्ग्मु र जिलोङ बन्दगाहसँग जोडिएका सीमा एकतर्फी रुपमा खोल्ने जनाइएको छ । जिलोङसँग नेपालको रसुवागढी (केरुङ) नाका जोडिएको छ । कोरोना महामारी र खराब मौसमका कारण दुईतर्फी सामान ढुवानीमा समस्या आएको जनाउँदै त्यसको पूर्णरुपमा कार्यान्वयन गर्न अझै केही समय लाग्ने दूतावासको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)