मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेशनल माईक्रोफाइनान्सको संस्थापक सेयर बिक्रिमा, कसरी दिने आवेदन ?

arthasansar.com

नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले सेयरधनीको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाले सेयरधनीको नाममा रहेको १९ हजार १३२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यालय, निलखण्ठ ३ धादिङबेसीमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)