बिरामी चाप बढ्दो, अर्घाखाँची अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव
gorkhapatraonline.com · Thu Jun 11 04:49:26 GMT 2026

अर्घाखाँची जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था अर्घाखाँची अस्पताल विशेषज्ञ चिकित्सकको अभावका कारण चुनौतीपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ। अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि हाल एक जना मात्रै विशेषज्ञ चिकित्सक कार्यरत हुँदा उपचार सेवा प्रभावित भएको हो। विशेषज्ञ चिकित्सकको अभावका कारण बिरामीले समयमै गुणस्तरीय सेवा पाउन कठिनाइ भोग्नुपरेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार प्रदेश सरकार मातहत सञ्चालन भइरहेको अस्पतालमा विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी स्वीकृत नहुँदा समस्या थप जटिल बनेको छ। पटक–पटक विज्ञापन खुलाउँदा पनि दुर्गम क्षेत्र भएकै कारण चिकित्सकहरू आउन नचाहने प्रवृत्तिका कारण पदहरू लामो समयदेखि रिक्त छन्। आवश्यक जनशक्ति प्रदेश सरकारले उपलब्ध नगराउँदा सेवा विस्तार र विशेषज्ञ उपचार सेवा सञ्चालनमा कठिनाइ भइरहेको उहाँको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)