त्रिविका विद्यार्थीलाई ८० प्रतिशत अनिवार्य उपस्थिति हुने व्यवस्था उचित छैनः क्रान्तिशिखा धिताल
shilapatra.com · Mon May 18 09:20:07 GMT 2026

सांसद क्रान्तिशिखा धितालले भौतिक उपस्थितिले मात्रै शिक्षाको गुणस्तर निर्धारण नहुने बताएकी छन् । सोमबारको संसद बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का हरेक सेमेस्टरमा विद्यार्थीले ८० प्रतिशत हाजिरी अनिवार्य पुर्याउनुपर्ने व्यवस्थाले ज्ञानको सही मूल्यांकन गर्न नसकिने तर्क गरिन् ।
‘आज विश्व खुला ज्ञानको युगमा प्रवेश गरिसकेको छ । तर हामी अझै पनि विद्यार्थीको क्षमताभन्दा बेन्चमा बसेको समय गन्ने मानसिकतामा अल्झिरहेका छौँ,’ धितालले भनिन्, ‘यदि विद्यार्थी कक्षामा बसेर पनि सिकिरहेको छैन भने १०० प्रतिशत उपस्थिति पनि निरर्थक हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्ने हो भने, त्यहाँ लचकता पनि छ, विकल्प पनि छ, प्रविधिमा पहुँच पनि छ । केवल नियम नक्कल गरेर शिक्षा आधुनिक हुँदैन, सोच आधुनिक हुनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)