हुण्डाईद्वारा वर्ल्डकप लक्षित ‘टेष्ट ड्राइभ क्याम्पेन’को विजेता घोषणा
abhiyandaily.com
काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल कम्पनीले फिफा वल्र्डकप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको ‘टेष्ट ड्राइभ क्याम्पेन’को विजेता घोषणा गरेको छ । कम्पनीले ‘हुण्डाई टेस्ट ड्राइभ वाच लाइभ फिफा वल्र्डकप २०२२’को विजेता घोषणा गरिएको जानकारी दिएको छ । विजेताले फिफा वल्र्डकप २०२२ को खेल कतार गएर प्रत्यक्ष हेर्न पाउनेछन् ।
मंगलवार गरिएको लक्की ड्रमार्फत दुईजना विजेता छनोट गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार विजेता हुनेहरू शेरबहादुर जिसी र हस्ता माया गुरुङ रहेका छन् । दुवै जनाले आफूले चाहेको एक–एक जना व्यक्ति साथमा लिएर वल्र्डकप हेर्न जान पाउनेछन् । त्यसको सबै खर्च हुण्डाई नेपालले बेहोर्नेछ । उक्त योजनामा सहभागी हुन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म नेपालभर रहेका हुण्डाईका १७ ओटा शोरूमबाट कुनै पनि गाडीको टेष्ट ड्राइभ गरी रजिष्टर गर्नुपर्ने शर्त रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)