दाहालको प्रतिवेदनमा सुझाव : एमसीसी सर्तसहित हुन्न
annapurnapost.com · Thu Dec 30 06:56:00 GMT 2021
काठमाडौं : माओवादी केन्द्रको महाधिवेशनमा बुधबार ११ समूहले राजनीतिक प्रतिवेदनबारे छलफल गरी निष्कर्ष सुनाएका छन्। उनीहरूले एमसीसी खारेजीदेखि द्वन्द्वकालका बेपत्ता, घाइतेको सम्बोधन, त्यससम्बन्धी मुद्दाको सुनवाइलगायत माग गरेका छन्।
चौथो दिनको बन्दसत्रपछि प्रज्ञा भवनबाट बाहिरिने क्रममा अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीसँग पार्टीमा लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताए। दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान परिमार्जन प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको छ। बिहीबारको बन्दसत्रमा बाँकी १४ समूहले निष्कर्ष सुनाएपछि दाहालले जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)