मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

३ वर्षपछि मात्र सत्ता छाड्ने निजेर सेनाको अडान

ekantipur.com · Mon Aug 21 02:19:24 GMT 2023

नियामी — निजेरका सेना प्रमुखले ३ वर्षपछि मात्र देशमा नागरिक शासन फिर्ता गर्ने प्रस्ताव राखेका छन् । अफ्रिकी क्षेत्रीय संगठन इकोवासका पदाधिकारीसँगको छलफलपछि सेना प्रमुख अब्दुर्रहमान चियानीले शनिबार स्थानीय टेलिभिजनमार्फत नागरिक शासन पुनर्बहाली गर्ने समयसीमा तोकेका हुन् । यद्यपि, उनले यसबारे थप विवरण खुलाएका छैनन् ।

निजेरमा हालै सेनाले कु गरेर सत्ता कब्जामा लिएको छ । राष्ट्रपति मोहम्मद बाजौमलाई अपदस्थ गरी चियानीले आफूलाई सरकार प्रमुखको घोषणा गरेका छन् । उनले नागरिक शासन फिर्ता गर्ने प्रक्रियाबारे आगामी ३० दिनमा संवाद गरेर तय गर्ने बताएका छन् । ‘अहिलेको संकटबाट बाहिर निस्कन हामी सबै मिलेर काम गर्न जरुरी छ,’ चियानीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)