आखिर बजेट कसको ?
ekantipur.com · Mon Jun 03 00:11:47 UTC 2024

काठमाडौँ — बजेट निर्माणको स्वामित्वलाई लिएर सत्तापक्षकै नेता तथा सांसदले असन्तुष्टि पोख्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेससहित विपक्षी दल र सत्ताका मुख्य चार घटकमध्ये एमालेले समेत बजेटको विरोध गरेको छ । यससँगै रास्वपा र एकीकृत समाजवादीका सांसदले पनि बजेटप्रति असन्तुष्टि प्रकट गरेपछि ‘आखिर यो बजेट कसको ?’ भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।
अर्थमन्त्री वर्षमान पुनले गत मंगलबार २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट संसद्मा प्रस्तुत गरेका थिए । कुल विनियोजित बजेटमध्ये चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत) र पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ (१८.९४ प्रतिशत) छुट्याइएको छ । विनियोजित चालु खर्च यस वर्षको संशोधित अनुमानभन्दा करिब ७ प्रतिशत र पुँजीगत खर्च करिब ६३ प्रतिशतले बढी हो । यस वर्ष चालु खर्च १० खर्ब ६७ अर्ब ४९ करोड (९३.५ प्रतिशत) र पुँजीगत खर्च २ खर्ब १५ अर्ब ३० करोड (७१.३ प्रतिशत) हुने संशोधित अनुमान सरकारको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)