विश्वकप क्रिकेट : दुवै आयोजकको विजयी शुरूआत
lokaantar.com
अमेरिकासँगै आयोजक वेस्ट इन्डिजले पनि आइसीसी टी-२० विश्वकप २०२४ मा विजयी शुरूआत गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पीएनजी)लाई ५ विकेटले हराएको हो ।
पीएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४२ रनको अविजित इनिङ खेले । ओपनर ब्रान्डन किंगले २९ बलमा ३४ रन जोडेका थिए । निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले १५-१५ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)