मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृष्णनगरमा फेरि झाडाका बिरामी थपिँदै

ekantipur.com · Fri Oct 22 01:33:34 GMT 2021

कपिलवस्तु — कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् । प्रकोप फैलिएयता सबैभन्दा कम गत सोमबार १२ जनाको उपचार गरिएको थियो । बिहीबार बहादुरगन्जस्थित शिवराज अस्पतालमा बिरामी ह्वात्तै बढेर ४० पुगेका हुन् ।

मंगलबार २० र बुधबार २७ जना अस्पताल पुगेका थिए । ‘सरकारी अधिकारीले झाडापखाला नियन्त्रणमा आएको भन्छन्,’ एक स्वास्थ्यकर्मीले भने, ‘एकैपटक ३ गुणा बढ्नुले त्यस्तो संकेत गर्दैन । यसलाई हल्का रूपमा लिनुहुन्न, फेरि प्रकोप समस्याका रूपमा बाहिर आउने लक्षण देखिएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)