मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा ९० लाखको फर्सीको बीउ बरामद

gorkhapatraonline.com · Thu Jun 11 04:56:31 GMT 2026

रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट, प्रहरी चौकी बंकुल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले बाटोको छेउमा त्रिपालले छोपेर राखिएको अवस्थामा उक्त बीउ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार बेलुकी ७ः३० बजे नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि राखिएको बीउ नियन्त्रणमा लिइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)