केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा
ratopati.com · Sun Mar 08 22:04:30 GMT 2026

बागलुङ । बागलुङ नगरपालिका–३ गुठीमा जन्मिएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किएका थिए । उनी त्यसपछि उद्यममा लागे । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
खड्का फोहोर व्यवस्थापनदेखि समाजसेवामा सक्रिय रहँदै रास्वपामा प्रवेश गरेका थिए । आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गरेका खड्काले बागलुङको छविलाई सुधार्ने योजना रहेको बताए । उनले गुमेको बागलुङको साखलाई फिर्ता ल्याउँदै आर्थिक विकास, रोजगारी, हरित वातावरण र उद्यमशीलतामा जोड दिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)