यूएसएआईडीकी प्रमुख सामन्था आगामी साता नेपाल आउने
thahakhabar.com
काठमाडौं : अमेरिकी सहयोग नियोग (यूएसएआईडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल आउने भएकी छिन्।
यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै सामन्थाले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने जनाएको हो। नेपाल भ्रमणका क्रममा उनले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले नेपालको प्रजातान्त्रिक अभ्यास, समृद्धि, समावेशीलगायत विषयमा छलफल गर्नेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)