आईसीसी टी–२० विश्वकप :वेस्ट इन्डिजको विजयी सुरुवात, पपुवा न्युगिनी ५ विकेटले पराजित
Ujyaaloonline.com · Mon Jun 03 00:23:39 UTC 2024
आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) लाई ५ विकेटले हराएको छ । गएराति भएको खेलमा पिएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्याे ।
वेस्ट इन्डिजका लागि रोस्टन चेजले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । पिएनजीका लागि असद भालाले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५० रन बनाए । यसअघि हिजो भएको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)