मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाट्टा गण्डकी प्रदेशले भोलिदेखि भारतका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन गर्ने

farakdhar.com · Sat Apr 15 17:22:12 GMT 2023

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भोलिदेखि वैशाख ८ गतेसम्म भारतका प्रमुख सहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम हुने भएको छ ।

भारतको पटना, बाराणसी, अयोध्या र गोरखपुर लगायतका सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ‘पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान तथा बि२बी भेट २०२३’ नामक कार्यक्रममा पोखराका पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधि एवं सञ्चारकर्मी सहभागी हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)