इटहरीमा ४ हजार क्षमताको कन्भेन्सन सेन्टरसहितको रिसोर्ट बन्ने, दक्षिण एशियाली पर्यटक लोभ्याउने
clickmandu.com · Thu Jun 11 05:05:08 GMT 2026

इटहरी । कोशी प्रदेशको उदाउँदो सहर इटहरीमा एकैपटक ४ हजार मानिस अटाउने क्षमताको भव्य ‘एबी हस्पिटालिटी’ (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको यस सम्मेलन केन्द्र निर्माणसँगै पूर्वी नेपाल मात्र नभई सिङ्गो देशकै पर्यटन र आतिथ्यता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने र यसले दक्षिण एशियाली देशहरूका लागि समेत उत्कृष्ट गन्तव्य प्रदान गर्ने विश्वास गरिएको छ ।
पायेनियर होटल व्यवसायीका रूपमा परिचित देशबन्धु बस्नेत (अजित) को ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यस परियोजनाका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम सम्पन्न भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)