बेलायतमा कोरोनाबाट दुई हजार बढी संक्रमित, २२ जनाको मृत्यु
ratopati.com
लन्डन । बेलायतमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण र मृत्यु दर निरन्तर घट्दै गएको छ । गएको एक सातामा संक्रमण दर करिब ९ प्रतिशतले ह्रास आएको अधिकारीहरुले बताएका छन् । यो संख्या गत वर्ष सेप्टेम्बर पछिकै कम हो । बेलायतमा बितेको २४ घन्टामा दुई हजार २ सय ४५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४४ लाख १४ हजार २४२ पुगेको छ । एक सातामा १५ हजार ८८११ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो हप्ताको तुलनामा संक्रमित संख्यामा ८.६ प्रतिशतले ह्रास आएको तथ्यांकले देखाएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक सातामा १५७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ५०२ पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)