मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लामिछानेको बयान अदालत खुलेपछि

ekantipur.com · Sat Oct 08 01:19:36 GMT 2022

काठमाडौँ — नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग अदालत खुलेपछि मात्र बयान हुने भएको छ । प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहीबार बिहान पौने ११ बजे विमानस्थल अवतरण गरेलगत्तै उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो । अध्यागमन कार्यालयका एक कर्मचारीका अनुसार लामिछानेले आफू अमेरिकाबाट कतार हुँदै आएको उल्लेख गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)