मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा

ekantipur.com · Wed May 24 00:30:52 GMT 2023

चेन्नाई — रविन्द्र जडेजाले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नाई सुपर किंग्सले मंगलबार डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । फाइनल कप्तान महेन्द्रसिंह धोनीका लागि बिदाइको अवसर पनि हुन सक्नेछ ।

पहिलो क्वालिफायरमा चारपल्टको च्याम्पियन चेन्नाईले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ७२ रन बनाएको थियो । त्यसमा ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । चेन्नाईका बलरले त्यसलाई रक्षा गर्ने क्रममा गुजरातलाई १ सय ५७ रनमा रोकेको थियो । सुरुमा २२ रन बनाएका जडेजाले पछि १८ रनमा दुई विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)