अवैद्य रुपमा सञ्चालित ‘मारिया हस्पिटल’मा मेडिकल काउन्सिलको सिलबन्दी
kendrabindu.com · Thu Jun 11 05:12:34 GMT 2026

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रा.लि.) मा सिलबन्दी गरेको छ । अस्पतालले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड नै पूरा नगरी गैरकानुनी रुपमा सञ्चालन भइरहेको पाइएपछि काउन्सिलले सिलबन्दी गरेको हो ।
काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा अस्पतालले विदेशी चिकित्सकहरूमार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि कानुनी कारबाही अघि बढाइएको बिहीबार एक सूचना जारी गर्दै जानकारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ