आमचुनावको एक वर्ष : सत्ता नै सबथोक
onlinekhabar.com · Mon Nov 20 16:37:17 GMT 2023
४ मंसिर, काठमाडौं । गत शुक्रबार (१ मंसिरमा) तनहुँको आँबुखैरेनी अस्पताल उद्घाटन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको आयुबारे आश्वास्त पार्दै भने, ‘…साथीहरुले भन्थे– एक महिना भन्दा धेरै तेरो जाँदैन । तर दश भइसक्यो, एघार महिना हुनै लाग्यो, बाँचिराखिएकै छ । प्रधानमन्त्री पनि भइराखिएकै छ ।’
सत्ता सहयात्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग दुई वर्षपछि प्रधानमन्त्री छोड्ने लिखित प्रतिवद्धता गरेका प्रचण्डले सरकारको आयुबारे यसरी सार्वजनिक अभिव्यक्ति दिनु सामान्यजस्तै भइसकेको छ । सरकारको कार्य सम्पादनबारे प्रसंग आउनासाथ उनी कार्यकालको अवधिबारे पनि बोलिहाल्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
नेकपा एमाले
कोशी प्रदेश