निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : मुआब्जा वितरण तीव्र, १४४ जनालाई ४४ करोड मुआब्जा दिइयो
pahilopost.com · Thu Dec 24 17:44:01 UTC 2020
वीरगंज : बारामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जना जग्गा धनीलाई ४४ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको छ। निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११० बिघा ३ कट्ठा जग्गामध्ये हालसम्म नेपाल उड्डयन प्राधिकरणले ४४ करोड रुपैयाँ मुआब्जा दिएर हालसम्म ६५ बिघा तीन कट्ठा १२ धुर जग्गा आफ्नो नाउँमा फिर्ता लिइसकिएको छ।
देशमा कोरोना सङ्क्रमणका कारण नापी तथा मालपोत कार्यालय लामो समयदेखि बन्द रहेकाले मुआब्जा वितरण प्रभावित भए पनि अहिले सो मुआब्जा वितरण भइरहेको विमानस्थल आयोजना कार्यालय सिमराले बताएको छ। मुआब्जा लिन बाँकी रहेका जग्गाधनीसँग निवेदन लिने कार्य भइरहेको विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)