मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन्दीपले द हन्ड्रेड क्रिकेट गुमाउने

annapurnapost.com · Wed Jul 21 06:18:00 GMT 2021

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्। भिसा प्रक्रिया नमिलेका कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेड क्रिकेट गुमाउने भएका हुन्।

टिएर फाइभ भिसामा बेलायत पुगेका सन्दीपले त्यो भिसामा द हन्ड्रेड खेल्न नपाउने भएका हुन्। द हन्ड्रेड खेल्न नपाउने भएपछि उनी एक/दुई दिनमै नेपाल फर्किने सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए। ‘भिसाको समस्याका कारण सन्दीपले द हन्ड्रेड खेल्न नपाउने भएका छन्’, रमणले भने, ‘सन्दीप अब एक/दुई दिनमै नेपाल फर्कने छन्। टिकटलगायत प्रक्रियागतका कामहरू भइरहेको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)