मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली र लेखकसहितलाई कारबाहीको सिफारिस

annapurnapost.com · Mon Mar 09 00:08:39 GMT 2026

काठमाडौं : गत भदौ २३ गतेको ‘जेन–जी विद्रोह’ र २४ गतेको विध्वंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई दोषी ठहर गर्दै फौजदारी तथा प्रशासनिक कारबाहीको सिफारिस गरेको छ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो। स्रोतका अनुसार आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ र तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई समेत दोषी ठहर गर्दै फौजदारी कारबाहीका लागि सिफारिस गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)