बुधबार ६ प्रदेशमा हल्का वर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
nepallive.com · Wed Feb 14 00:43:35 GMT 2024
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशभर आंशिकदेखि साधारणतया बदली रहको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)