बालुवाटारको त्रिपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन् – भ्रष्टाचारमा स्वर्गीय बुवालाई पनि छोड्दिन
shilapatra.com · Wed Oct 29 17:24:00 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार गरेकाे पाइए आफ्ना स्वर्गीय बुवालाई पनि नछोड्ने बताइन् । बालुवाटारामा आयाेजित सरकार,राजनीतिक दल र जेन जी प्रतिनिधिहरुकाे त्रिपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीले सरकार चुनावमात्र नभएर सुशासनमा पनि केन्द्रीत रहेको बताइन् ।
उनले भनिन्, … हेर्दै जानुहोस्, हामीले के के गर्दै छौँ ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति त समातिसकेका छन्। कतिलाई समात्दै छौँ। यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ। Ú
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)