जब देवा थापाले दोस्रो पटक छोटा डनलाई पछारे...
ekantipur.com · Wed Oct 29 18:00:41 GMT 2025
पर्सा — सिमसिमे पानीले चिसिएको अखाडा छेउ दिउँसो करिब २ बजे नेपालमा जन्मिएर भारतमा चर्चा कमाएका पहलमान देवा थापा झुल्किए । उनी यहाँ आफ्नो कुस्ती कला देखाउन आउन लागेको प्रचार आयोजकले गरेकाले पनि अखाडा वरिपरि करिब ५ हजारको संख्यामा कुस्तीको मज्जा लिन दर्शक ओइरिएका थिए ।
होचो कदका फुर्तिला देवालाई देख्नासाथ दर्शकदीर्घाबाट उनको स्वागतमा ठूलो हुटिङ भयो । उनी हात हल्लाउँदै आफ्ना प्रशंसकलाई अभिवादन गर्दै थिए । त्यतिबेलै भारत राजस्थानबाट आएका छोटा डन नाम गरेका पहलमान उनीउपर जाइ लागेर हातपात गर्न थाले । सम्भवतः छोटा डनले दर्शकदीर्घाबाट पाएको देवा थापाको समर्थनको स्वर पचाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)