जेफ्रीको घातक बलिङमा श्रीलंकाको सानदार पूनरागमन जित
onlinekhabar.com · Sun Aug 04 16:57:30 UTC 2024
२० साउन, काठमाडौं – स्पिनर जेफ्री वान्डरसेले घातक बलिङ गर्दै ६ विकेट लिएपछि श्रीलंकाले दोस्रो ओडीआई खेलमा भारतलाई ३२ रनले हराएको छ । योसँगै तीन ओडीआई खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ । पहिलो ओडीआई खेल टाइ भएको थियो ।
जित्नलाई २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा २०८ रनमा अल आउट भयो । भारतका कप्तान रोहित शर्माले ४४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए । शुभमन गिलले ४४ बलमा ३ चौकासहित ३५ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)