लागुऔषध दुर्व्यसन तीव्र, १९–४५ उमेर समूह जोखिममा
gorkhapatraonline.com · Thu Jun 11 05:28:17 GMT 2026

नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। पछिल्लो सर्वेक्षणअनुसार नेपालमा लागुऔषध दुर्व्यसनको संख्यामा वृद्धि भइरहेको छ। विशेषगरी १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढी परेका छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कारागारहरूमा समेत लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दीको चाप उच्च रहेको बताउनुभयो।
बिहीबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले तराईदेखि हिमालसम्म यो समस्या फैलिएको बताउनुभयो। आर्थिक वर्ष २०८०/८१ मा ब्युरोले ८१४ वटा मुद्दा दर्ता गरेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर एक हजार १३२ पुगेको थियो। चालु आर्थिक वर्षमा हालसम्म ८३७ वटा मुद्दा दर्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)