विलासी वस्तु आयात नगर्न प्रधानमन्त्रीको आग्रह
abhiyandaily.com
काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालका लागि विलासी वस्तु आयात नगर्न आग्रह गर्नुभएको छ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन समारोहमा उहाँले कच्चा पदार्थ स्वदेशमै ल्याएर उद्योग सञ्चालन गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले काठमाडौंलाई व्यापार हबका रूपमा विकास गर्न यो बन्दरगाहले थप टेवा पुर्याउने बताउनुभएको छ । यो बन्दरगाहले भन्सार जाँचपास सजिलो बनाउने भन्दै प्रधानमन्त्री देउवाले अन्य स्थानमा पनि पूर्वाधार विकास गरिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)