जेनजीसँग चुनावी सहकार्य गर्न चाहन्छौंः वर्षमान पुन
ratopati.com · Wed Oct 29 18:43:00 GMT 2025

काठमाडौँ । माओवादी केन्द्रले आगामी निर्वाचनमा जेनजीसँग चुनावी सहकार्य गर्ने चाहेको बताएको छ । माओवादी सचिवालय सदस्य वर्षमान पुन ‘अनन्त’ ले बुधबार बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबिच भएको त्रिपक्षीय छलफलमा पार्टीको धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेका वा आवाज उठाएका हौँ। त्यसैले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्ने एजेण्डामा हामी र जेनजीबिच निकटता छ। यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो। हामी जेनजीसँग चुनावी सहकार्यका लागि पनि तयार छौँ र निरन्तर संवाद जारी रहनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)