नागरिकता संशोधन विधेयक पारित भएकोमा एनआरएनएका संस्थापकहरुले गरे स्वागत
nepallive.com · Sat Jul 30 16:22:00 GMT 2022
काठमाडाैं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापकहरुले नेपालको संसदका दुवै सदनले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने गरी 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' पारित गरेकोमा स्वागत गरेका छन्।
नेपाल लाइभसँग कुरा गर्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने गरी नयाँ कानून आउनु उपलब्धिमूलक रहेको बताए। ‘यो आफैमा पुरा होइन, त्यसैले कुनै पनि बन्देजविनाको गैरआवासीय नेपाली नागरिकताको निरन्तरताका लागि हाम्रो अभियान जारी रहनेछ,' उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)