राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
arthasansar.com
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (मंसिर १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.११ प्रतिशतदेखि अधिकतम ६.५५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ८.११ प्रतिशत देखि अधिकतम १०.११ प्रतिशतसम्म तोकिएको छ । अघिल्लो महिना बैंकको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.५५ प्रतिशतसम्म मात्र थियो । यो महिना बैंकले करिब ०.५६ प्रतिशतले निक्षेपमा ब्याजदर बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)